अमेरिका जानका लागि नक्कली प्रमाणपत्र पेश गर्नेहरु पक्राउ

सोमबार, २४ भदौ २०८१, ०८ : ५५

 काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ई–डिभी भिसाको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । 

प्रहरीले नियन्त्रणमा लिएकाहरुमा ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, ४३ वर्षीय सुवास ढकाल, ५० वर्षीय गोपालप्रसाद घिमिरे र टिकाथलीका २८ वर्षीय अनिलकुमार महतो रहेको थाहा हसन आएको छ ।  उनीहरुले ई–डिभी भिसा प्रयोजनका लागि एसईई र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पत्ता लागेपछि नेपालस्थित अमेरिकी दूतावासले प्रहरीमा खबर गरेको थियो ।


 

सोमबार, २४ भदौ २०८१, ०८ : ५५

प्रतिक्रिया