न्यूनतम् साझा कार्यक्रम तय गर्न सत्तारुढ दलको बैठक बस्दै

सोमबार, २४ भदौ २०८१, ०९ : ०६

काठमाडौं – सरकार गठन भएको झण्डै दुई महिनासम्म पनि सरकारको न्यूगतम साझा कार्यक्रम ल्याउन नसक्दा चातर्फी आलोचना खेपेपछि उक्त विषयमा छलफल गर्नको लागि सत्तारुढ दलहरुको बैठक आज बस्दैछ। 

बैठक सोमबार अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

यस विषयमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो।

सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाउने सहमति गरिएको छ । सो कार्यदलमा कांग्रेसबाट महामन्त्री गगन थापा र  प्रवक्ता प्रकाशरण महत रहनेछन्। यस्तै एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल हुने भएका छन्।

सोमबार, २४ भदौ २०८१, ०९ : ०६

प्रतिक्रिया