काठमाडाैं- हिमालयन आर्ट फेस्टिभल’ सुरु भएको छ । कार्यक्रमको उद्घाटन बरिष्ठ कलाकार तथा ललितकला एकेडेमीको पूर्व उपकूलपति शारदा चित्रकार गरका हुन् ।
आर्ट फेस्टिभल आगामी भाद्र २९ गते सम्म चल्ने आयोजकले जनाएको छ । हिमालयन आर्ट फेस्टिभलले हरेक वर्ष नेपालमा रहेर नेपाली कलाको विकासमा योगदान पुर्याउनुहुने मुर्धन्य श्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको छ । यसै क्रममा यस वर्ष वरिष्ठ कलाकार तथा महिला शसक्तिकरणको क्षत्रमा योगदान पुर्याउनु भएको नेपाल ललितकला एकेडेमीका पूर्व उपकूलपति तथा बरिष्ठ कलाकार शारदा चित्रकारलाई सम्मान गरेको छ ।
नेपालकै सबैभन्दा स्तरीय र बृहत कला प्रदर्शनीको रुपमा यसलाई लिइएको आयोजकको दावा रहेको छ । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तर रुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दशैंको पूर्व सन्ध्यामा आयोजनामा गर्दै आइरहेको छ
प्रतिक्रिया