भ्रष्टाचारीलाई बहिष्कार गर्न बहुमतको माग

सोमबार, २४ भदौ २०८१, १३ : २१

 काठमाडौं –ओली–आरजु सत्ताको गठन नै अध्याँरोबाट भएको थियो । यो गठबन्धन निर्माणमा क्या. रामेश्वर थापाको ठूलो योगदान रहेको भनेर शेरबहादुर देउवाले सार्वजनिक रुपमै भनिसकेका छन् । त्यसैले पनि यो सरकार केही खास उद्देश्यहरु पुरा गर्न बनेको कुरामा अब कुनै शंका बाँकी छैन । प्रधानमन्त्री केपी ओलीले सुरुमै देशलाई लुट्न पल्केका र सरकारलाई कर तिर्न अटेर गरेका दलाल उद्योगीहरुको पक्षमा अभिव्यक्ति दिएर गरेका थिए । उनी कर छलिमा कारबाहीमा पर्नुपर्ने व्यापारीहरुले तिर्न बाँकी २२ अर्व रुपैयाँ असुल नगरिकनै विद्याुत जोड्न कुलमानलनई फर्मान जारी गरे । अघिल्लो कार्यकालमा टिआइ ले उनलाई भ्रष्टाचारको संरक्षक भएको गम्भीर प्रतिवेदन प्रकाशित गरेको थियो । ओलीले यो कार्यकाल पनि त्यस्तै बनाउने संकेत गरिसकेका छन् । 
यो गठबन्धन बन्नुको पछाडि भुटानी शरणार्थीमा मुछिएकाहरुलाई उन्मुक्ति दिनु अर्को कारण रहेको पनि प्रष्टै छ । धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा (बहुमत) ले भ्रष्टाचारीहरुलाई कारबाही गर्न जनएककता अभियान सुरु गरेको छ । उसले जनएकता अभियान किन भन्दै प्रकाशित गरेको पोष्टरमा लेखेको छ ः 
१ )नक्कली भुटानी काण्डमा संलग्न भएकाले ।
२) कैलाली टिकापुर जग्गा काण्डमा संलग्न भएकाले ।
३) नेपालको संविधान  विपरित शैक्षिक माफियाको मुख्य भूमिका भएकाले ।
मुख्य रुपमा माथिका तीन कारणहरुले गर्दा भ्रष्टाचारीहरुलाई सामाजिक बहिष्कार गर्न बहुमतले अपिल गरेको छ । 
कैलाली टिकापुरका सन्तराम थारुले पनि बुहमतको माग जायज भएको बताउँदै आजको अर्थसित भने, ‘ जेलमा हुनुपर्ने नेताहरु मन्त्री भएका छन हजुर । हामी जनताले मात्र देशको चिन्ता गरेर के हुन्छ ? प्रधानमन्त्री नै भ्रष्टहरुलाइ काखी च्यापेर बसेका छन । ’
 
  

सोमबार, २४ भदौ २०८१, १३ : २१

प्रतिक्रिया