काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजार ५५.८६ अंकले घटेर २६४६.०३ को विन्दुमा कायम भएको छ ।
आज नेप्सेमा कारोबार भएको ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ४३ करोड ९१ लाख ६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा सबै उपसूचक राताम्मै भएको छ । बजारमा गिरावट आउँदा उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ७.७८ प्रतिशतले घटेको छ ।
त्यसैगरी, श्रीजनशील लघुवित्तको ७.०२ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ६.९७ प्रतिशत, मनाकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.८५ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ६.५० प्रतिशतले सेयर मूल्य घटेको छ ।


सर्वाधिक कारोबार हुने कम्पनी
आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ५७ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै यस दिन हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख ७२ हजार रुपैयाँ, एचआइडिसिएलको २३ करोड १५ लाख ३ हजार रुपैयाँ, अपी पावर कम्पनीको २१ करोड ४५ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रतिक्रिया