काठमाडौँ – हालै सर्वोच्च अदालतले गरेको फैसला विवादमा परेको छ । सरकार तथा राजनीतिक दलहरु अदालतको उक्त फैसलाविरुद्ध पुनरावलोकनमा जाने वारेमा छलफल गरिरहेका छन् । उक्त फैसलाका सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले अदालतले राज्य चलाउन थालेको टिप्पणी गरेका छन् ।
सांसद पाण्डेले सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अदालतले आफ्नो सीमा बुझेर काम गर्नुपर्ने पनि बताए ।
‘सरकारले बनाउने मापदण्ड अब अदालतले बनाउन थाल्यो । अब अदालत राज्य चलाउन थाल्यो । यो उचित भएन । अदालतले आफ्नो सीमा बुझेर काम गर्न जरुरी छ,’ उनले भने ।
अदालतले फैसला गर्दा फैसला कायौन्वयन हुन्छ कि हुँदैन भनेर विचार गर्नुपर्ने उल्लेख गर्दैै सांसद पाण्डेले उपत्यकाको खोला आसपास थप २०–२० मिटर खाली गर्नुपर्ने आदेश कार्यान्वयन गराउँदा स्कुल, मन्दिर पनि भत्काउनुपर्ने अवस्था आएको बताए ।
अदालतले मुआब्जा दिनु भने पनि कहाँको रकमले दिने भनि प्रश्न सोध्दै अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जान सरकारलाई आग्रह गरे ।
प्रतिक्रिया