काठमाडौं – विद्युत आपूर्तिमा निकै समस्या भएको कर्णाली प्रदेशका चार वटा जिल्लामा हिजो दिउँसो ३ बजेदेखि अवरुद्ध भएको विद्युत् सेवा १९ घण्टापछि सञ्चालनमा आएको छ । सुर्खेत–दैलेख विद्युत् प्रसारण लाइनमा ‘फल्ट’ देखिएपछि हिजो दिउँसोदेखि दैलेख, कालीकोट, जुम्ला र मुगुमा विद्युत् सेवा अवरुद्ध भएको थियो । विद्युत् सेवा अवरुद्ध भएपछि प्राविधिक टोली फिल्डमा पठाएको र घना जङ्गल भएका कारण ‘फल्ट’ पत्ता लगाउन ढिलाइ भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसयद यादवले बताए ।
दैलेखमा परेको चट्याङका कारण ३३ केभी प्रसारण लाइनको सात वटा ‘इन्सुलेट पिन’ मा क्षति पुगेको यादवले बताए । कर्णाली प्रदेशमा विद्युतीय संरचनाको क्षमताभन्दा बढी विद्युत् लोड भएका कारण बेला बेला विद्युत् सेवा अवरुद्ध हुने गरेको छ ।
प्रतिक्रिया