पहिरो रोक्न  ‘रक एंकरिङ’

मंगलबार, २५ भदौ २०८१, १० : ०३

काठमाडौं – वर्षा सकिनै लाग्दा देशभरि आएको बाढी पहिरोले जनजीवन आक्रान्त भैरहेको बेला चीन–भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकमा जोखिम बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलामा नयाँ प्रविधिको प्रयोग गरेर पहिरो रोकथाम गरिएको छ ।

बेनी–जोमसोम सडकअन्तर्गत माम्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने  बैसरीको सडकमा पहिरो खस्न नदिन ‘रक एंकरिङ’ र ‘नेलिङ’ गरिएको हो छ। बेनी–जोमसोम–कोरला सडक योजनाका सबइन्जिनियर सोहनजंग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राख्नुका साथैकंक्रिट गरेर बेस बनाई पर्खाल निर्माण गरिएको बताए । जमिन बग्न नदिन जाली राख्ने र वृक्षारोपण गरिएको जानकारी दिए ।

‘पहिरो रोकथामका लागि हामीले नयाँ प्रविधिको प्रयोग गरिएको छ’, उनले भने, ‘गत साउनको पहिलो हप्तादेखि थालिएको रक एंकरिङ र नेलिङ गर्ने काम अन्तिम चरणमा पुगेको छ ।’

अँधेरीखोलाको पाखो बगेर सडकमा ढुंगा, गेगर खस्दा सवारीसाधन पुरिने, यात्रीको ज्यान जाने, घाइते हुने र सडक अवरुद्ध हुने समस्या थियो । गत वर्ष एकजनाको ज्यान गएको र एउटा सवारीसाधन पहिरोले पुरिएको थियो ।
पहाडको डिलमा ८५ देखि एक दशमलव दुई मिटर गहिरो प्वाल बनाएर रड राखी दुई ठाउँमा ७७ दशमलव पाँच मिटर लामो एकदेखि एक दशमलव पाँच मिटर अग्लो कंक्रिट ढलान गरेको पर्खाल निर्माण गरिएको छ ।

भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले गत वर्ष खोल्साको पानीले बगाएपछि केही समय रोकिएको पहिरो यसपालिको बर्खाको सुरु भएसँगै पुनः खस्न थालेको थियो । पहिरोको जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाको लाटोखोला, बादरजुङ र काभ्रेभिर क्षेत्रमा पनि रक एंकरिङ र नेलिङ प्रविधिको प्रयोग गरेर सडक विस्तार गरिएको आयोजनाका इन्जिनियर विष्णु चापागाईंले बताए ।

विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिको क्रममा छ ।

मंगलबार, २५ भदौ २०८१, १० : ०३

प्रतिक्रिया