साझा कार्यक्रम नआउँदै संविधान संशोधनको गृहकार्य

मंगलबार, २५ भदौ २०८१, १० : २६

काठमाडौँ – संविधान संशोधन मुख्य ऐजेण्डा बनाएर बनेको सत्ता गठबन्धनले संविधान संशोधनको विषयमा छलफल सुरु गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बसेको बैठकमा संविधान संशोधनका लागि सर्वपक्षीय छलफल गर्ने समझदारी भएको छ । बैठकले संविधान संशोधनका लागि राजनीतिक दल र सरोकारवालासँग बृहत् छलफल गर्ने निर्णय गरेको नेताहरुले बताएका छन् । कांग्रेस र एमालेबीच गएको असारमा भएको सात बुँदे सहमतिमा संविधान संशोधनको विषय समावेश छ ।

उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका विषयलाई अवाञ्छित रुपमा गरेको टिप्पणीमा पनि समीक्षा भएको बैठकमा सहभागी एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । न्यूनतम साझा कार्यक्रम समेत नल्याइ संविधान संशोधनको छलफल भएकोमा सत्ताधारी दलहरुमै अन्योल सिर्जना भएको बताइन्छ । 

मंगलबार, २५ भदौ २०८१, १० : २६

प्रतिक्रिया