काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ६२.५६ प्रतिशत हकप्रद शेयर जारि गर्ने भएको छ ।
कम्पनीले यसअघि जारी गर्ने भनिएको ६६ प्रतिशत हकप्रदलाई संशोधन गर्दै यस ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने जनाएको हो । कम्पनीलेको १८औं वार्षिक साधारणसभाबाट पारित गरेको ५.५० प्रतिशत लाभांश वितरण गर्दा चुक्तापूँजी १ अर्ब ५३ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीले हाल कायम पुँजीमा ६२.५६ प्रतिशत हकप्रद जारी गर्दा न्यूनतम चुक्ता पुँजी बिमा प्राधिकरणले तोकेअनुसार २ अर्ब ५० करोड पुग्ने हुँदा यस अघि घोषणा गरेको हकप्रदको दर घटाएको हो । अब संशोधन गरिएको हकप्रद प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरे पश्चात कम्पनीको साधारण सभाले पारित गर्नुपर्ने छ ।
प्रतिक्रिया