नेपालमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

मंगलबार, २५ भदौ २०८१, १७ : ४६

काठमाडौँ - नेपालमा  ७ हजार ६४० जना डेंगु सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको छ । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ ।

सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा  रहेका छन् ।

यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् ।  यस्तै, लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन् । यस्तै, सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको छ ।
 

मंगलबार, २५ भदौ २०८१, १७ : ४६

प्रतिक्रिया