काठमाडौं –पार्टी उपसभापति धनराज गुरूङको विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेरअघिदेखि बैठक बसिरहेको छ ।
बैठकले उपसभामुख इन्दिरा रानाबारे निर्णय गर्नेछ । यसअघि सोमबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानालाई पदबाट हटाउने प्रस्ताव गरेका थिए । उक्त बैठकमा नबोलेका देउवाले उपसभाुमखबारे पार्टीको आधिकारीक धारणा बनाउन बैठक राखेका हुन् । सो बैठकमा धनराज गुरूङमाथि सहकारी संस्थाको रकम अपचलन गरेको सम्बन्धमा उठेका प्रश्नबारे बैठकले समान धारणा बनाउने तयारी गरेकोबुझिएको छ ।
प्रतिक्रिया