मोदीमाथि लेखिएको पुस्तकको विमोचन

बुधबार, २६ भदौ २०८१, १० : ५९

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि लेखिएको पुस्तक ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ विमाचोन भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ।

सागर चन्दद्वारा नेपाली भाषमा अनुवाद गरिएको उक्त पुस्तकको भूपेन्द्रबहादुर क्षेत्रीले गरेका हुन्। विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितबारे जानकारी गराउने उद्देश्यले दशकयताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए।

कलिङ साहित्य महोत्सवमा नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा। जगमान गुरुङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आर्थिक सल्लाहकार परिषदका सदस्य सञ्जीव सन्यालले पुस्तक विमोचन गरेका हुन्।

बुधबार, २६ भदौ २०८१, १० : ५९

प्रतिक्रिया