काठमाडौं –वर्तमान सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीका अध्यक्ष सिके राउतले गलत नियतका साथ उपसभामुखलाई हटाउन खोजिएको भन्दै सरकारी कदमको बिरोध गरेका छन् ।
उनले सरकारले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्याउनका लागि उपसभामुखलाई हटाउन लागेको बताएका छन्।
संवैधानिक परिषदमा बहुमत नपुग्दा आफ्नो मान्छेलाई नियुक्ति गर्न गाह्रो भएकाले गलत नियत राखिएको उनको कथान छ। अध्यक्ष राउतले उपसभामुखलाई हटाए लोकतन्त्रको मान मर्यादा नरहने पनि बताए।
‘एकदम गलत नियतका साथ भइरहेको छ। संवैधानिक परिषद्मा बहुमत पुर्याउनका लागि भइरहेको छ। अहिले आधा–आधा भयो।
तीन–तीनवटा सिट भएपछि त्यहाँबाट आफ्नो मान्छेलाई नियुक्त गर्न गाह्रो भयो भनेर हटाउनका लागि यो भइरहेको छ। जुन गलत नियतका साथ हुन्छ, त्यो पक्कै पनि गलत नै हुन्छ। यसो नगरिदिए अलिकति लोकतन्त्रको मान मर्यादा रहन्थ्यो कि जस्तो हामीलाई लाग्छ।’
प्रतिक्रिया