काठमाडौं – कार्लमाक्र्सले संसदीय व्यवस्था कम्युष्टिहरुको लागि प्रतिकूल व्यवस्था हो भनेको वाणि अहिलेका कम्युनिष्टहरुको लागि एकादेशको कथा भैसक्यो । त्यस्तो कुरा गर्नेहरुलाई आजकल पुरातनपन्थी र जडसूत्रवादी भन्ने आक्षेप लगाइन्छ । कम्युनिष्टहरुका अर्का रोल मोडल मानिने नेता माओत्सेतुङ्गले त संसदलाई ‘गफ गर्ने अखडा’ भनेर संसदीय व्यवस्थाको धज्जी उडाएका थिए ।
नेपालका माओवादीहरुले माओको उक्त ‘वाणि’ जनयुद्धकालरि नै ‘गात्री मन्त्र’ नै मानेका थिए । अहिले प्रतिनिधिसभामा भैरहेको एउटा प्रकरणले संसद साँच्चिकै माओले भने जस्तै गफ गर्ने थलो नै बनेको देखिन्छ । माओवादी विद्रोह ‘हिंसा’ कि युद्ध भन्नेमा एमाले र माओवादीका सांसदहरुको बहसले संसदलाई गफ गर्ने अखडा नै रहेछ भन्ने नयाँ पुस्तालाई पनि देखाइदिएको छ ।
माओवादी विद्रोह कसैले मानोस् नमानोस् इतिहासको एउटा दस्तावेज बनिसकेको छ । संयुक्त राष्टसंघको पहलमा भएको शान्ति प्रक्रियाको समापनले पनि यसको औचित्य र वैधतालाई पुष्टि गरिसकेको छ । यसका बारेमा फेरि पनि बहस र विवाद गर्नु अर्थहीन छ ।
‘संसारमा भएका सबै क्रान्तिहरु रक्तपातपूर्ण छन् र त्यहाँ कुनै न कुनै प्रकारको हिंसा भएको छ । माओवादी जनयुद्ध पनि सामन्ती सत्ता विरुद्ध सर्वहारावर्गको हिंसा नै थियो । एमालेका केही आलाकाँचा ठेट्नाहरुले हिंसा भने भनेर रुन्चे अनुहार लाउनु पर्दैन’ भन्छन् माओवादी केन्दका पोलिटव्युरो सदस्य तथा युवानेता ओम शर्मा । नेता शर्मा अगाडि भन्छन्, ‘ यो अब इतिहास भैसक्यो । जनयुद्ध हिंसा नै थियो, पूँजिपति विरुद्धको हिंसा थियो । अरुले हिंसा भने भनेर रोइकराइ गर्न जरुरी छैन । अब पार्टी नयाँ योजना र कार्यक्रम बनाएर अघि बढ्न जरुरी छ ।’ शर्माले भने जस्तै संसदमा यसको बारेमा बहस गर्नु भनेको समयको बर्बादी मात्र हो । जसले माओवादी विद्रोहलाई हिंसा भनेर अहिले आत्मरति लिइरहेका छन् यो केवल बकवास मात्र हो भन्ने कुरा उनीहरुको विगतले नै प्रमाणित गरिसकेको छ । पार्टी एकता गरेर नेकपा बन्दा माओवादी जनयुद्ध हिंसा थिएन । सरकारमा संगै रहँदासम्म पनि हिंसा थिएन । अहिले कांग्रेससँग गठबन्धन बनाउनासाथ कसरी हिंसा हुन्छ ? यो त नितान्त केटाकेटीपन भएन र ? कसैले बालहठ देखायो भनेर माअेवादी पनि त्यस्तै बन्नु चाहिं गजब छ ।
प्रतिक्रिया