नेपाल एयरलाइन्सको वाइडबडी सी–चेक गरेर काठमाडौँ फर्कियो

विहीबार, २७ भदौ २०८१, १२ : ०८

काठमाडौँ - सी–चेक (प्राविधिक जाँच) का लागि इटली गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान अढाई महिनापछि आज काठमाडौँ आइपुगेको छ । 

असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँमा फर्किएको हो । निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ । सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् ।

निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् । सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ । दुई वाइडबडी सी–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन । 

 
 

विहीबार, २७ भदौ २०८१, १२ : ०८

प्रतिक्रिया