प्रधानमन्त्री ओली, देउवा र अध्यक्ष दाहालबीच छलफल

विहीबार, २७ भदौ २०८१, १३ : २५

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरेका छन् ।

उक्त छलफलमा प्रचण्डले संभव भए भोलि नै सबै रिक्त संवैधानिक पदहरूमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने बताएका छन् । नभए पुनः अर्को सहमति गरेर चाँडै सिफारिस गर्नुपर्ने प्रचण्डले बताएको उनको सचिवालयले जानकारी दिएको छ ।
 

विहीबार, २७ भदौ २०८१, १३ : २५

प्रतिक्रिया