काठमाडौं- वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।
आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीबाट निस्कारनमा परेका श्रेष्ठे पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दिया फार्मेसीका संचालक समेत हुन । उनलाई बिहीबार पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । गत साउन ३ गते पोखरा(२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए । त्यसको अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए । त्यसको आधारमा जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताए ।
प्रतिक्रिया