काठमाडौं – पश्चिम नेपालमा परेकोअविरल बर्षाका कारण दाङलगाएत विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । कुसुम–हापुरेअन्तर्गत १३२ केभी प्रसारण लाइनमा समस्या भएका कारण विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले जनाएको छ ।
प्राधिकरणका अनुसार हाइटेन्सन लाइनमा समस्या देखिएपनि अहिलेसम्म कुन ठाउँमा फल्ट छ भन्नेबार पत्ता लागेको छैन । यसले गर्दा दाङ, सल्यान, रोल्पा, रुकुममासमेत विद्युत सेवा अवरुद्ध भएको छ ।
प्रतिक्रिया