कोशीमा शेखर पक्षलाई सरकारमा लगिएन

शुक्रबार, २८ भदौ २०८१, १२ : ५०

काठमाडौं – डेढ महिनाअघि नै सरकारमा सहभागी हुने निर्णय गरेको कांग्रेसभित्र संस्थापन र शेखर कोइराला खेमाबीच मन्त्री भागबण्डामा सहमति नहुँदा कोशीमा मन्त्रपरिषद विस्ताररोकिएको थियो । लामो रस्साकसीपछि  मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तार गरेका छन् । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री आज नियुक्त भएका छन् ।

विस्तारित मन्त्रीपरिषदमा अहिले पनि शेखर समूहकाट कसैलाई पनि सहभागि गराइएको छैन । आन्तरिक विवादका कारण अलमलमा रहेको कांग्रेस भूपेन्द्र राईको नेतृत्वमा सरकारमा सामेल भएको हो । उनलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको  जिम्मा दिइएको छ । 


त्यस्तै, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण मन्त्री  बनेका छन् । भूमिप्रसाद राजवंशीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त गरिएको छ । 

नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्री नियुक्त भएका चारै जना संस्थापन पक्षको भएको बताइएको छ । 

शुक्रबार, २८ भदौ २०८१, १२ : ५०

प्रतिक्रिया