काठमाडौं – एमालेले नदी तथा खोला किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसला पुनरावलोकन माग गर्दै बागमती र मनोहरा किनारमा जुलुस निकालेको छ । काठमाडौं वडा नम्बर ३२, दोभान पुलमा भेला भएर आज बिहान एमाले वडा कमिटीले नाराबाजी गरेको छ ।
कमिटी अध्यक्ष राजेन्द्र न्यौपानेको नेतृत्वमा निकालिएको र्यालीका सहभागीहरु हस्ताक्षरसहित दोभान पार्कदेखि नरेफाँट हुँदै जडिबुटी तरकारी बजार पुगेको थियो ।
सहभागीहरुले भोलि पनि पेप्सिकोलाको मनोहरापुलदेखि जडिबुटीसम्म हस्ताक्षरसहित जुलुस निकाल्ने बताएको छ ।
प्रतिक्रिया