दुर्गा प्रसाईंको आन्दोलनमा ट्याक्सी चालक पनि थपिए

शुक्रबार, २८ भदौ २०८१, १४ : ३०

काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाईको आन्दोलन विस्तार हुने क्रममा ट्याक्सी व्यवसायीहरु पनि  प्रभावित हुन पुगेका छन् । ट्याक्सी चालकहरुले राइड सेयरिङ बन्द गर्नुपर्ने, रातो नम्बर प्लेटका सवारीसाधनले यात्रु बोक्न नपाउने लगायतका माग गर्दै भक्तपुरमा प्रदर्शन गरेका छन् । शुक्रबार जडीबुटी कोटेश्वर क्षेत्रमा उनीहरुले सवारीसहित प्रदर्शन गर्दा सो क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ ।

उनीहरुको आन्दोलनमा दुर्गा प्रसाईं भौतिक रुपमै उपस्थित भएर नेतृत्व गरेका छन् । उनकै नेतृत्वमा ट्याक्सी चालकहरू जडीबुटी क्षेत्रको बिच सडकमै ट्याक्सी राखेर सडक अवरोध गरेका थिए । ट्राफिक प्रहरीले ट्याक्सी हटाएर सडक सञ्चालन गरिसकेको जनाएको छ ।


 

शुक्रबार, २८ भदौ २०८१, १४ : ३०

प्रतिक्रिया