फेरि सर्‍यो पत्रकार महासंघको निर्वाचन

काठमाडौँ - नेपाल पत्रकार महासंघको निर्वाचन फेरि सरेको छ ।

यसअघि असोज ५ गते तिनै तहको निर्वाचन गर्नेगरी मिति घोषणा भएकोमा महासंघले शुक्रबार असोज १२ गते निर्वाचन गर्ने निर्णय गरेको हो । अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएपछि परिस्थिति असहज भएपछि निर्वाचन मितिमा सामान्य हेरफेर गरिएको महासंघको विज्ञप्तिमा उल्लेख छ । 

असोज १२ गते शनिबार निर्वाचन गर्नेगरी निर्वाचन समितिलाई पत्रचार गरिएको महासंघले जनाएको छ । भोलि मतदाता सूची र निर्वाचन तालिका  सार्वजनिक गर्ने सहमति भएको महासंघले जनाएको छ । 
p

३ हप्ता अगाडि

प्रतिक्रिया