काठमाडौँ - सरकारले गतवर्ष ६७५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
आर्थिक वर्ष २०८०र०८१ मा ८०० किलोमिटर दुई लेन सडक कालोपत्रे गर्ने लक्ष्य भएपनि ६७५ किलोमिटर सडकमात्र कालोपत्रे भएको हो । सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदनमा ६७५ किलोमिटर सडक मात्र कालोपत्रे भएको उल्लेख छ ।
यो सँगै देशभरि दुई लेन कालोपत्रे सडक १८ हजार ३७६ किलोमिटर पुगेको छ । नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन अनुसार गत आर्थिक वर्षमा चार लेन कालोपत्रे सडक १५० किलोमिटर निर्माण गर्ने लक्ष्य राखिएपनि ७८।३ किलोमिटर मात्र निर्माण भएको छ । योसहित चार लेन कालोपत्रे सडक २२३ किलोमिटर पुगेको छ ।
प्रतिक्रिया