भदौ ३१ गते मधेस प्रदेशमा सार्वजनिक बिदा

शनिबार, २९ भदौ २०८१, १३ : ३१

काठमाडौँ - मधेस प्रदेशले मुस्लिम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा भदौ ३१ गते सार्वजनिक बिदा दिएको छ ।

गृह, सञ्चार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै पैगम्बर मोहम्मदको जन्मदिनको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी गराएको हो ।

मन्त्रालयका निमित्त प्रदेश सचिव सुदीपकुमार सिंहद्वारा जारी सूचनामा उल्लेख गरिए अनुसार यो निर्णय प्रदेश मन्त्रिपरिषद्को २०८० साल चैत ११ गतेको बैठकमा पारित भएको थियो ।

शनिबार, २९ भदौ २०८१, १३ : ३१

प्रतिक्रिया