काठमाडौँ - ललितपुरको कुपण्डोलमा शनिबार प्रमुख सडक भासिएको छ । भासिएको सडकबाट ठुलो पानी बगिरहेको छ ।

सडक के कारणले भासिएको भन्ने खुलेको छैन । वर्षा नभएको बेला सडक भासिनुले मेलम्चीको पाइप फुटेर सडक भासिएको हुन सक्ने आशंका गरिएको छ । सडकमा बगेको पानीले यातायातसमेत प्रभावित भएको छ । पानीको बहावका कारण केही बाइकहरुसमेत लड्न पुगेका थिए ।

प्रतिक्रिया