बाम्बो नेचरद्वारा बाल मन्दिरलाई इको-फ्रेन्डली डाइपर सहयोग

शनिबार, २९ भदौ २०८१, १६ : ३२

काठमाडौँ - बाल दिवसको अवसरमा बाम्बो नेचरले नेपाल बाल संगठन बाल मन्दिरका विद्यार्थीहरूलाई एक वर्षको डाइपरको सहयोग गरेको गरेको छ । 

बालबालिकाको कल्याणमा सहयोग गर्ने बाम्बो नेचरको सीएसआर पहलको एक हिस्सा रहेको यस सहयोगको कूल रकम १० लाख बराबर रहेको छ । काठमाडौँको बालमन्दिरमा आयोजित विशेष कार्यक्रममा नेपालका लागि बाम्बो नेचरको आधिकारिक वितरक श्रीशा इनकर्पोरेट प्रालिका प्रतिनिधिहरूले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।

‘सुरक्षित र पर्यावरण मैत्री उत्पादनहरू उपलब्ध गराएर बालबालिकाको कल्याणमा योगदान दिन पाउँदा हामी खुसी छौँ,’ श्रीशा इंकका प्रवक्ताले भने। यो सहयोग बालबालिकाहरूको लागि आराम र सुरक्षा सुनिश्चित गर्दै दिगोपन प्रवर्द्धन गर्ने बाम्बो नेचरको मिसनसँग मिल्दो रहेको कम्पनीको भनाई छ। 

बाम्बो नेचर डाइपरहरू तिनीहरूको छालासम्बन्धी परीक्षण गरिएको, विष(रहित संरचनाको लागि परिचित छन् । तिनीहरू सबैभन्दा संवेदनशील छालाको लागि पनि सुरक्षित रहेका छन् ।

शनिबार, २९ भदौ २०८१, १६ : ३२

प्रतिक्रिया