एक वर्षमा ६ किलोमिटर रेलमार्ग निर्माण

शनिबार, २९ भदौ २०८१, १७ : ५८

काठमाडौँ - प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन (आव २०८०\८१) अनुसार  रेलमार्ग निर्माण लक्ष्यअनुसार सम्पन्न भएको छ । 

प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८०\८१ मा ६ किलोमिटरको रेलमार्ग लक्ष्य रहेकोमा ६ किलोमिटर निर्माण सम्पन्न भएको हो । यस्तै सोही अवधिमा १५० पुल निर्माणको लक्ष्य राखिएकोमा २०२ पुल बनेका छन् । अब देशभर तीन हजार ३९३ पुल निर्माण सम्पन्न भएका छन् ।

यस्तै देशभरि ४ सय ५९ झोलुङ्गे पुल निर्माण लक्ष्य रहेकोमा २ सय १० मात्र बनेका छन् ।

शनिबार, २९ भदौ २०८१, १७ : ५८

प्रतिक्रिया