जुवाखालबाट एमाले नेता पक्राउ

आइतबार, ३० भदौ २०८१, ०८ : ४८

काठमाडौं – विराटनगरमा प्रहरीले नेकपा एमालेका नेता शिवनारायण माझीसहित ९ जनालाई जुवाको खालबाट पक्राउ गरेको छ । गएराति ग्रामथान ४ कटहरास्थित जुवाको अखडामा छापा हानेर मोरङ ग्रामथान गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका माझीसहित ९ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट १८ लाख ५१ हजार रुपैयाँ ५ सय रुपैयाँ बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
पक्राउ परेका माझी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट ग्रामथान गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राति गोप्य सूचनाको आधारमा पक्राउ गरेको एसपी कार्कीले बताए ।

यसरी पक्राउ पक्राउ पर्नेहरुमा माझीसहित सुनसरी दुहबी नगरपालिका ६ का ४५ वर्षीय जयकिशोर साह, सुन्दहरैचा १ का ५० वर्षीय जनक कुमार माझी, मोहतरीका ४५ वर्षीय महेश साह, ग्रामथान गाउँपालिका ४ का, सोही ठाउँका आर्हलाल माझी, धरान १५ का युवक राई, दमक १० का कतुवर्न नेम्वाङ, लेटाङ ९ का लोकनाथ सापकोटा र सुन्दरहैचा ३ का प्रताप राई रहेका छन् ।

आइतबार, ३० भदौ २०८१, ०८ : ४८

प्रतिक्रिया