काठमाडौं – मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गतमा पर्ने सिमलताबाट ट्रक त्रिशूली नदीमा खसेको छ।
ना ६ ख ६२८३ नम्बरकोे ट्रक आइतबार (आज) बिहान सिमलतालबाट त्रिशुलीमा खसेको हो। उक्त ट्रकले आरएमसी कम्पनीको खानेतेल बोकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
ट्रकमा भेटिएको चलानी अनुसार बाराको सिमराबाट खानेतेल लिएर काठमाडौँ गरेको ट्रक त्रिशूलीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, चितवनका सूचना अधिकारी डिएसपी भेषराज रिजालले जानकारी दिए।
घटनाबारे थप बिबरण प्राप्त हुन बाँकी रहेको डीएसपी रिजालले जानकारी दिए। ट्रकको पूरै भाग त्रिशूलीमा नडुबेका कारण कागजात फेला पार्न सकिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया