काठमाडौंमा  इन्द्रजात्रा सुरु हुँदै

आइतबार, ३० भदौ २०८१, ०९ : २३

काठमाडौँ – भाद्र शुक्ल द्वादशीदेखि सुरु हुने काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा  आजदेखि प्रारम्भ हुँदैछ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्व काठमाडौ उपत्यकामा धुमधामसित मनाइन्छ । 

हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि सुरु हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ । इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

 सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । इन्द्रजात्राकै दिन गोरखाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर राज्य जितेका थिए । 

आइतबार, ३० भदौ २०८१, ०९ : २३

प्रतिक्रिया