संसद अवरोध हटाउन सभामुखले थाले छलफल

आइतबार, ३० भदौ २०८१, ०९ : २९

काठमाडौं – संसदमा प्रतिपक्षी दलहरुलाई चिढ्याएपछि सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।

आज बिहान ११ बजे सिंहदरवारमा उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न भनेकाले आज सोही विषयबारे छलफल गर्न लागेका हुन्।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नमानेपछि संसदमा अवरोध भैरहेको छ । 

आइतबार, ३० भदौ २०८१, ०९ : २९

प्रतिक्रिया