परराष्ट्रमन्त्री राणा टोरोन्टोबाटै न्युयोर्क जाने

आइतबार, ३० भदौ २०८१, १४ : ३८

काठमाडौं –  विश्वभरका महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलन (वुमन फरेन मिनिस्टर्स)मा सहभागी हुन परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भोलि क्यानडा भ्रमण गर्ने भएकी छन् । टोरोन्टोमा आयोजना हुने विश्वभरका महिला परराष्ट्रमन्त्रीहरुको सम्मेलन (वुमन फरेन मिनिस्टर्स) मा सहभागी भै उतैबाट उनी अमेरिका जाने कार्यक्रम तय भएको छ । 

सम्मेलनमा २० भन्दा बढी देशका महिला परराष्ट्रमन्त्रीहरुको सहभागिता रहने बताइएको छ । परराष्ट्रमन्त्ती राणा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेकी हुन् । 

आइतबार, ३० भदौ २०८१, १४ : ३८

प्रतिक्रिया