उपसभामुख प्रकरणमा अन्तत : एमाले पछि हट्यो

आइतबार, ३० भदौ २०८१, १४ : ४५

काठमाडौं – उपसभामुख इन्दिरा राना मगरलाई हटाउन अनेक तानाबाना बुने पनि सफल हुन नसकेपछि सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कुनै प्रयास यसअघि नभएको दाबी गरेको छ। आइतबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले यसबारे प्रष्ट पारे। 

बर्तौलाले उल्टै रास्वपा र माओवादी केन्द्र आफैँले संसद्मा यो विषय उठाएपछि आफूहरूले प्रतिवाद मात्रै गरेको बताए। 


‘कुनै विषय अगाडि बढाउन खोजिएकै छैन र थिएन, रास्वपाका प्रमुख सचेतकले सरकारलाई हिलो छ्याप्न खोज्नुभयो। प्रतिपक्षी दलबाट पनि बोल्ने काम भएपछि हाम्रो तर्फबाट पनि प्रतिवाद भएको हो,’ बर्तौलाले भने।

आइतबार, ३० भदौ २०८१, १४ : ४५

प्रतिक्रिया