सदन अवरोध जारी रहन्छ :  माओवादीकेन्द्र

आइतबार, ३० भदौ २०८१, १४ : ५२

काठमाडौँ – सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतकहरूसँगको छलफलमा कुनै सहमति नभएपछि  प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । 
माओवादीले संसदीय दलको बैठकको निर्णय अनुरूप पार्टीले उठाएको विषय सम्बोधन नभएसम्म सदन अवरोध गर्ने निर्णय गरेको हो । 

माओवादी जनयुद्धलाई हिंसा भन्ने एमालेले प्रयोग गरेको शब्द संसद्को रेकर्डबाट नहटाउने सभामुखको रूलिङलाई सच्याउनुपर्ने माओवादीको माग छ ।

आइतबार, ३० भदौ २०८१, १४ : ५२

प्रतिक्रिया