काठमाडौं – संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा यतिबेला संगठनात्मक समस्याहरु देखिएको बताइन्छ । साथै पार्टी सभापतिमाथि प िसहकारी प्रकरणमा विभिन्न आरोपहरु लाग्दै आएका छन् । यस्तै प्रकारका विभिन्न मुद्धाहरुमा केन्द्रित रहेर पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठक बिहान साढे ७ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा सुरु भएको छ ।
आजको बैठकमा विधान संशोधन कार्यदलले प्रस्तुत गरेको सुझावमाथि छलफल हुने बताइएको छ । शनिबार पनि दिउँसो १ बजेदेखि राति १० बजेसम्म बैठक बसेको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।
रास्वपामा विधानको धारा २४ को उपधारा ९ञ० मा कार्यदलका सदस्यबीच मत विभाजनको अवस्था देखिएको छ । मौजुदा विधानमा पार्टी सभापतिले दुई चरणमा १०—१० जना गरी पार्टीको पदाधिकारी मनोनीत गर्ने प्रावधान छ । त्यसलाई संशोधन गर्ने विषयमा कार्यदलका सदस्यहरू विभाजन भएका छन् ।
प्रतिक्रिया