काठमाडौं – यात्रुहरुले लामो समयदेखि सास्ती भोग्दै आएको नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौ किलोमा सडक भासिएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।
अहिले सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत सुरु भएको छ ।
प्रतिक्रिया