काठमाडौँ — कांग्रेस उपसभापति धनराज गुरुङ अहिले सहकारी ठगीको प्रकरणमा गम्भीर रुपले मुछिएका छन् । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा उनकी तत्कालीन श्रीमतीसहित मुछिएका छन् ।
यसैबीच सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिरफारिश गरेको छ ।
सहकारी संस्थाका सञ्चालकबाटै उजुरी परेपछि संसदीय छानबिन विशेष समितिले सहकारीको स्थलगत अध्ययन गरेको थियो । उनीमाथि पनि अनुसन्धान गर्न समितिले राज्यका निकायलाई लेखी पठाउने भएको छ ।
छानबिन समितिका एक सदस्यले भने, ‘यो विषय पनि गम्भीर छ, खासमा धनराज र श्रीमतीबीच भएको सम्बन्धविच्छेदको उद्देश्यमाथि पनि प्रश्न उठेको छ । तर, संसदीय छानबिन समिति गठन हुँदा मितेरी सहकारीको विषय नउठेकाले कार्यादेश (टीओआर) र अनुसूचीमा यो सहकारीको नाम छैन । यद्यपि, राज्यका निकायलाई अनुसन्धानका लागि लेखी पठाउने कुरा भएको छ,’ ।
प्रतिक्रिया