प्रगतिशीलको नयाँ नेतृत्व चयन

सोमबार, ३१ भदौ २०८१, ०८ : ५३

 काठमाडौ. – नेकपा (एमाले) निकट नेपाल प्रगतिशील प्राध्यापक संगठन जनता विद्यापीठ बिजौरी एकाई समितिमा नयाँ नेतृत्व चयन भएको छ । विद्यापीठमा सम्पन्न साधारणसभा एवं अधिवेशनले तीन वर्षका लागि सर्वसम्मतरुपमा शिवप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

उक्त अधिवेशनबाट उपाध्यक्षमा महेन्द्र भण्डारी, सचिव नारायणप्रसाद भण्डारी, कोषाध्यक्ष भवानीप्रसाद मिश्र तथा सदस्यहरूमा प्रद्युम्न पोख्रेल, दुर्गालाल के।सी। र वसन्ता शर्मा चयन भएका छन् । एकाई अध्यक्ष उपप्राध्यापक सुधीरकुमार शर्माको अध्यक्षता एवं नेपाल संस्कृत विश्वविद्यालयका कुलसचिव प्राध्यापक माधव अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।

सोमबार, ३१ भदौ २०८१, ०८ : ५३

प्रतिक्रिया