ताजा समाचार

सेयर बजारमा ५७ अंकले गिरावट

सोमबार, ३१ भदौ २०८१, १५ : २५

काठमाडौँ - साताको दोस्रो कारोबार दिन सेयर बजार ५७ अंकले घटेर २५८० को विन्दुमा कायम भएको छ ।

यस दिन कुल ३१२ कम्पनीको १ करोड ७० लाख ६१ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ३६ करोड १९ लाख रुपैयाँको कारोबार भएको छ । आज २२७ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

यस दिन आत्मनिर्भर लघुवित्त, हिमालयन हाइड्रो पावर लिमिटेड र जउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य १० प्रतिशत हाराहारीमा बढेको छ । त्यस्तै गुडविल फाइनान्स, थ्रिस्टार हाइड्रोपावर, नेपाल फाइनान्स लिमिटेड लगायत कम्पनीको मूल्य भने सबैभन्दा धेरै घटेको छ । 
 

सोमबार, ३१ भदौ २०८१, १५ : २५

प्रतिक्रिया