काठमाडोँ - प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । गत सोमबार २४ गते बालुवाटारमा बसेको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आपत्ति जनाएको थियो ।
सोहीबारे संसद्लाई जानकारी दिँदै उनले उपसभामुख हटाउने विषयमा अनावश्यक हल्ला चलेको र यस्ता अनावश्यक कुरा नउचाल्न आग्रह समेत गरे।
प्रतिक्रिया