नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने

विहीबार, ०३ असोज २०८१, १२ : ०२

काठमाडौँ - नेपालमा कर्जा सुरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा शनिबार राजधानीस्थित एक होटेलमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो । सम्मेलनमा एसियाका सबैजसो देशमा निक्षेप तथा कर्जा सुरक्षणसम्बन्धी कारोबार गर्ने संस्थाहरूको सहभागिता रहने कोषले जानएको छ  । 

उक्त सम्मेलनमा एसियाली राष्ट्रमा सुरक्षण कारोबारसम्बन्धी काम गर्ने संस्थाको सुदृढीकरण, जोखिम न्यूनीकरण, समग्र क्षमता अभिवृद्धि र आपसी सहकार्यसँग सम्बन्धित विषयमा छलफल हुनेछ । सम्मेलनमा करिब १३० जना प्रतिनिधिको सहभागिता रहने छन् । 

कोष नेपालको सुरक्षण कारोबारसम्बन्धी एकमात्रै आधिकारिक निकाय हो । यसले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको पाँच लाखसम्मको निक्षेप तथा कृषि, विपन्न वर्ग लगायत प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जाको सुरक्षणसम्बन्धी कारोबार गर्दै आएको छ ।
 

विहीबार, ०३ असोज २०८१, १२ : ०२

प्रतिक्रिया