काठमाडौँ - काठमाडौँको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् ।
बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन १ बालेन १’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।
कुटपिट गर्ने र कुटिने व्यक्तिहरूको पहिचान खुलेको छैन । संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।
प्रतिक्रिया