काठमाडौँ - कैलाली जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ ।
प्रहरीले आज जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु . नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट करिब रु पाँच लाख पाँच हजार सात सय ८० बराबरको किराना सामान, तामा पित्तलका भाँडा, मिठाइ, प्याज र प्लास्टिक तथा भजनीबाट रु दुई लाख ३० हजार मूल्य बराबरको प्याज, मोटरसाइकल र चिनी बरामद गरिएको छ ।
टीकापुरबाट रु एक लाख ३२ हजार सात सय ३० बराबरको किरानाका सामान, प्लास्टिकका खेलौँना, शृङ्गारका सामान, चिनी र प्याज, गोदावरीबाट रु २६ हजार छ सय बराबरको कपडा र कैलारी गाउँपालिकाबाट रु १६ हजार बराबरको बोइलर कुखुरा बरामद गरिएको छ ।
प्रतिक्रिया