विद्यालयको जग्गा हडप्न भू–माफियाहरु सक्रिय

आइतबार, ०६ असोज २०८१, १० : ४३

 काठमाडौँ – काठमाडौँ महानगरपालिका–४ स्थित   धुम्रबराह माध्यमिक विद्यालयको नौ रोपनी ६ आना जग्गा कब्जा गर्न भू–माफियाहरु सक्रिय  भएको थाहा हुन आएको छ । सूोतका अनुसार उनीहरु  विद्यालयको  जग्गामा पार्टी  पुनर्निर्माणका नाममा कब्जा जमाउन कम्मर कसेर लागेका छन् ।  

   २०७६साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै रहेको छ । कामपा ४ का  वडाध्यक्ष दिनेश महर्जन भू–माफियाको लोभमा फसेर उक्त विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा ब्याबसायिक भवन निर्माण गर्न राजि भएको स्रोतले बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत  कामपा ४ का  वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको स्रोतको दाबी छ। मेयर बालेन शाहसँग रिसीइबी साध्न विद्यालयलाई नै धराशायी बनाउने योजना आफैमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीयले आजको अर्थलाई बताएका छन ।  

dhrumra mabi (1)lal (1)

आइतबार, ०६ असोज २०८१, १० : ४३

प्रतिक्रिया