सुदूरपश्चिम प्रदेशको बजेट प्रदेश सभाबाट बहुमतले पारित

आइतबार, ०६ असोज २०८१, १२ : २८

काठमाडौँ - सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्ष २०८१\८२ सालको बजेट प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले ३१ भदौमा पेस गरेको ३१ अर्ब ६२ करोड बराबरको बजेट आइतबार प्रदेश सभाबाट बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यहरूले भने विपक्षमा मतदान गरेका छन् ।

आइतबार, ०६ असोज २०८१, १२ : २८

प्रतिक्रिया