सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधिवक्ता कार्यालयको निर्णय

आइतबार, ०६ असोज २०८१, १५ : ३३

काठमाडौँ - क्रिकेटर सन्दीप लामिछानेविरूद्ध महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।

उच्च अदालत पाटनले बलात्कारको आरोपबाट सफाइ दिएपछि सोहि फैसलाविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालतमा जाने निर्णय गरेको हो । मुद्दाको फैसलाको पूर्णपाठसँगै उच्च सरकारी वकिलको कार्यालय पाटनले फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो ।

त्यही फाइलको अध्ययनपछि महान्यायाधिवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो । अब क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ।

आइतबार, ०६ असोज २०८१, १५ : ३३

प्रतिक्रिया