क्यानडामा नेपाल दिवस कार्यक्रम सम्पन्न

आइतबार, ०६ असोज २०८१, १६ : १७

काठमाडौँ - क्यानडाको अल्वर्टा प्रान्तको क्यालगरी शहरमा नेपाल को संविधान जारी भएको सेप्टेम्बर १९ का दिन नेपाल दिवस मनाउने कार्यक्रम सम्पन्न भएको छ । इतिहास मै पहिलो पटक क्यालगरी महानगरपालिकाको प्रांगण मा नेपाली झण्डा फहराइयो ।

अल्बर्टा नेपाल च्याम्बर अफ कमर्स को मुख्य संयोजकत्व र स्थानीय सामुदायिक संस्था हरु एन सी एस सी, सी एन सी ए एवं गैरआवासिय नेपाली संघ क्यानडा समेत मुख्य आयोजक र क्यालगरी स्थित अन्य स्थानीय संस्था हरु समेत को संयुक्त आयोजना र सहभागिता मा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रम मा ज्येष्ठ नागरिक हरु , स्थानीय र प्रान्तीय सरकार का प्रतिनिधि हरु र नेपाली जन समुदाय को उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रम मा नेपाली सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो। कार्यक्रम मा आगन्तुक हरु लाई समारोह आयोजक समितीका अध्यक्ष ध्रुव राई ले स्वागत गरेका थिए । च्याम्बरका अध्यक्ष समीर पाण्डेले च्याम्बरले सबै संग समन्वय गरेर यो कार्यक्रम आयोजना गरेको र भविष्य मा पनि च्याम्बर ले समूदाय मा समन्वय गरेर अगाडि बढ्ने कुरा बताए र आगन्तुक सबै लाई धन्यवाद ज्ञापन गरेका थिए।

एन सी एस सी का अध्यक्ष प्रकाश बस्याल र सी एन सी ए का तर्फबाट विनोद के सी ले नेपाल दिवसको शुभकामना दिएका थिए। गैर आवासीय नेपाली संघ क्यानडा का अध्यक्ष माधव दुलाल ले मन्तब्य राखेका थिए। च्याम्बरका उपाध्यक्ष दिवस ढकाल ले नेपाल को झण्डा को सांकेतिक महत्व र महिमा बारे मन्तब्य राखेका थिए ।

कार्यक्रम मा अल्बर्टा प्रान्तका इमिग्रेसन तथा मल्टीकल्चरल मन्त्री मोहम्मद यासीन,वडा नं ५ काउन्सीलर राज धालीवाल तथा अल्बर्टा सरकार प्रमुख का प्रतिनिधि ह्याप्पी मान ले नेपाल दिवस को शुभकामना दिएका थिए ।  कार्यक्रम को संचालन एन सी एस सी का सचिव तथा च्याम्बर का सदस्य घनेन्द्र न्यौपाने ले गरेका थिए ।

आइतबार, ०६ असोज २०८१, १६ : १७

प्रतिक्रिया