पक्राउ परे दुर्गा प्रसाईं

आइतबार, ०६ असोज २०८१, १६ : २२

काठमाडौँ - मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीका उच्च अधिकृतले बताए । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा जाहेरी दर्ता भएको छ ।

प्रसाईंसँगै बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाललाई पनि पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।
 

आइतबार, ०६ असोज २०८१, १६ : २२

प्रतिक्रिया