एमालेले युवाहरुको शिखर सम्मेलन गर्ने

आइतबार, ०६ असोज २०८१, १७ : ०८

काठमाडौं – मुलुकमा कुनै संभावना नदेखेर युवाहरु विदेशिने प्रवृत्ति बढिरहेको सन्दर्भमा एमालेले युवाहरुलाई स्वदेशमा नै रहने वातावरण बनाउन विशेष योजना ल्याउन लागेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् । उनले आफ्नो पार्टीका नेता कार्यकर्ताहरुलाई विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् ।

महासचिव पोखरेलले आज दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा  नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताए ।

’नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन्’, पोखरेलले भने, ’विदेश गएका छोराछोरीलाई पार्टी काममा पनि लगाउनुस् ।’

 सो अवसरमा महासचिव पोखरेलले एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै  युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताए ।

 

आइतबार, ०६ असोज २०८१, १७ : ०८

प्रतिक्रिया